१० कार्तिक २०८३, मंगलबार

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ७ फागुन । कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा रहेको महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाइ बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले महाकाली माध्यमिक विद्यालयमै ६ कक्षामा अध्ययनरत १४ वर्षीया बालिकामाथि ढुङ्गानालाइ विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपका आधारमा पक्राउ गरिएको दिनेशखबरलाइ बताए ।

उनकाअनुसार ढुङ्गानाले फागुन ५ गते बुधबार बिहान ११ बजेतिर विद्यालयमै बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

ढुङ्गानालाइ अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ । पीडित बालिकाका अभिभावकले उनीविरुद्ध किटानी जाहेरी दिएपछि थप कारवाहीको प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ ।