
काठमाडौं, ६ फागुन । सरकारले सबै स्तरका रिसोर्ट, बुटिक र तारे होटेलमा अब संकेत चिह्न अनिवार्य गरेको छ ।
पर्यटन विभागले होटेलहरूको स्तर निर्धारणका सम्बन्धमा महत्वपूर्ण निर्णय गर्दै अब सबै स्तरका रिसोर्ट, तारा स्तरका होटे तथा सबै स्तरका बुटिक होटेलले सङ्केत चिह्नको रुपमा ‘स्टार’ राख्नुपर्ने व्यवस्था गरेको हो ।
होटेलमा राखिने सङ्केतबाट अब सबै नागरिकले कुन होटेल कुन स्तरको हो भन्ने कुरा जान्न र सहजै देख्न सक्ने छन् ।
विभागको निर्णय अनुसार एक तारा स्तरको होटेलका लागि एउटा तारा, दुई तारा स्तरको होटेलका लागि दुई वटा तारा, तीन तारा स्तरको होटेलका लागि तीन वटा तारा, चार तारा स्तरको होटेलका लागि चार वटा तारा र पाँच तारा स्तरको होटेलका लागि पाँच वटा तारा चिह्न प्रयोग गर्नुपर्ने छ ।

यस्तै पाँच तारा डिलक्स स्तरको होटेलका लागि पाँच वटा तारा र डिलक्स लेख्नुपर्ने छ ।
त्यसैगरी साधारण हेरिटेज बुटिक होटेलका लागि तीन वटा तारा र स्ट्याण्डर्ड हेरिटेज बुटिक शब्द लेख्नुपर्ने छ भने डिलक्स हेरिटेज बुटिक होटेलका लागि चार वटा तारा र डिलक्स हेरिटेज बुटिक शब्द अनिवार्य लेख्नु पर्ने भएको छ ।
त्यस्तै लक्जरी हेरिटेज बुटिक होटेलका लागि पाँच वटा तारा र लक्जरी हेरिटेज बुटिक, साधारण रिसोर्टका लागि तीन वटा तारा र स्ट्यान्डर्ड रिसोर्ट, डिलक्स रिसोर्टका लागि चार वटा तारा र डिलक्स रिसोर्ट तथा लक्जरी रिसोर्टका लागि पाँच वटा तारा र लक्जरी रिसोर्ट लेख्नुपर्ने पर्यटन विभागले जनाएको छ ।
हेर्नुहास् विभागको निर्णय विवरण–
















प्रतिक्रिया