काठमाडौं, ६ फागुन । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्धारा प्रवद्र्धित अशोक लेलैण्डले ‘वाकिङ २२२’ मोडल बसका ग्राहकलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ ।
व्यावसायिक भ्रमणका लागि नेपाल आएका प्रेसिडेन्ट इन्टरनेश्नल अपरेशन सञ्जय सारस्वतर सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयुक्त रूपमा उक्त च्यासिसहरू हस्तान्तरण गरिएको हो ।
च्यासिस हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै प्रेसिडेन्ट सञ्जय सारस्वतले १० वटा बस एकैसाथ हस्तान्तरण गर्न पाउँदा ज्यादै खुशी लागेको बताए । आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाउनु कम्पनीका लागि अर्को महत्त्वपूर्ण प्रगती भएको उनको भनाइ छ ।

नेपालमा वाइकिङ २२२ को बजारलाई अझै विकास गर्दै आक्रमक बनाउन सहयोग गरेको भन्दै उनले आईएमई मोटर्सलाई धन्यवाद पनि प्रकट गरेका छन् । आगामी दिनमा वाइकिङ २२२ लाई अझै बढी प्रवद्र्घन गरी सहयोग गरिदिन पनि उनले आग्रह गरेका छन् ।
वाइकिङ २२२ रुट बसमा चल्ने बसमध्ये सबैभन्दा धेरै रुचाइएको बस हो । यसमा इनलाइन फ्युलपम्प हुनाका साथै एच सिरिज इन्जिन रहेको छ जस्ले गर्दा इन्धन कम खपत हुन्छ । साथै सबैभन्दा कम मर्मत खर्च लाग्ने कम्पनीको दाबी छ ।
ओभर ड्राइभ गियर बक्सले काम गर्ने भएको हुँदा १८० एचपी इन्जिनको साथमा द्रुत गतिको आरामदायी यात्रा गर्न सकिने कम्पनीको भनाइ छ ।















प्रतिक्रिया