४ कार्तिक २०८३, बुधबार

२४ घण्टामा कोरोना भाइरसका १११ जना संक्रमित डिस्चार्ज, ३ जनाको मृत्यु

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १११ जना संक्रमित निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १११ जना संक्रमित निको भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या २ लाख ६९ हजार ५०५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५८ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९६ जना नयाँ संक्रमित थप भएका छन् । वितेको २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ५४१ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार १६६ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६०३ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ३१ हजार ३३० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ हजार ६०३ जना आइसोलेसन र ७१ जना क्वारेन्टिनमा छन् ।