बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बिहीबार प्रतितोला ६०० रुपैयाँ घटेसँगै सुनको मूल्य ९ महिनायताकै सस्तो

दैनिक नेपाल २०७७ फागुन ६ गते १३:४८

काठमाडौं, ६ फागुन । नेपाली बजारमा सुनको मूल्य विगत ९ महिनायताकै सस्तो मूल्यमा झरेको छ ।

पछिल्लो केही दिनयता निरन्तर ओरालो लागेको सुनको मूल्यमा आज बिहीबार पनि प्रतितोला ६०० रुपैयाँले घटेको छ । यो सँगै आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यसअघि गएको जेठ महिनामा सुनको मूल्य प्रतितोला ९० हजार भन्दा कममा कारोबार भएको थियो । महासंघका अनुसार गत जेठको २९ गते सुन प्रतितोला ८९ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्यसँगै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित