४ कार्तिक २०८३, बुधबार

काठमाडौंमा १७ र दार्चुलामा २१ वर्षीया युवती बलात्कृत, दुई जना युवा पक्राउ

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । काठमाडौंमा १७ र दार्चुलामा २१ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा खोटाङका सागर राई र दार्चुलाका पानसिंह ठगुन्ना पक्राउ परेका छन् ।

काठमाडौंमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१० मा बसोबास गर्दै आएका खोटाङ खिदिम गाउँपालिका–७ का १९ वर्षीय सागर राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई डरत्रास देखाई पटक–पटक करणी गरेको प्रहरीले बताएको छ । घटनाबारे सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।

यस्तै दार्चुलामा २१ वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नौगाड गाउँपालिका–१ सतलाका २३ वर्षीय पानसिंह ठगुन्नालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ठगुन्नाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।