
मोरङ, ६ फागुन । प्रहरीलाई दूर्व्यवहार गरेको अभियोगमा विराटनगर महानरपालिका–१८ रेलवे स्टेसनबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर–१८ का १९ वर्षीय सञ्जिव कुमार यादबसहित ३ जनालाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले बताएको छ । विशेष कामले को. २३ प २११६ नम्बरको मोटरसाइकलमा सवार २ जना प्रहरी कर्मचारीहरुलाई स्थानीय केटाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसी कुटपिट गरी दूर्व्यवहार गरेपछि ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया