४ कार्तिक २०८३, बुधबार

‘दाह्री ग्याङ’का युवासँग प्रधानमन्त्रीले गरे भेट

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दाह्री ग्याङ’का युवाहरुसँग भेट गरेका छन् ।

‘राष्ट्रका लागि युवा’ भन्ने अभियानमा रहेका युवाहरुलाई प्रधानमन्त्री ओलीले हिजो बुधबार बालुवाटारमै समय उपलब्ध गराएर भेट गरेका हुन् ।

भेटबारे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत तस्वीरसहित जानकारी दिएका छन् ।

राष्ट्रका लागि युवा अभियानमा डाक्टर, इञ्जिनीयरसहित १५० जना भन्दा धेरै संघसंस्था छन् । त्यसमध्ये ‘दाह्री ग्याङ’ एक हो ।

यो अभियानमा रहेका युवाहरुले आफूहरुले रकेट बनाउँदै गरेको जानकारी प्रधानमन्त्रीसँगको भेटमा गराएका छन् ।