बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

च्याम्पियन्स लिग फुटबलमा पोर्टो र डर्टमन्ड विजयी

दैनिक नेपाल २०७७ फागुन ६ गते ८:३१

लण्डन, ६ फागुन । च्याम्पियन्स लिग फुटबलमा एफसी पोर्टो र बोरुसिया डर्टमन्ड विजयी भएका छन् ।

बुधबार राति घरेलु मैदानमा भएको खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले युभेन्टसलाई २–१ गोल अन्तरले हरायो ।

खेलको पहिलो मिनेटमा एफसी पोर्टोका मेदी तारेमीले गोल गर्दै खेललाई अग्रता दिलाए । यस्तै, खेलको ४६ औं मिनेटमा मौसा मारेगाले अर्को गोल गरे ।

खेलमा दबाबमा परेको क्रिष्टियानो रोनाल्डोको टिम युभेन्टसले खेलको ८२ औं मिनेटमा एक गोल गर्‍यो । युभेन्टसका लागि फेडेरिको किएसाले गोल गरे पनि टिमलाई जिताउन सकेनन् ।

यस्तै, गएराति नै भएको अर्कोे खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले स्पेनिस क्लब सेभिल्लालाई २–३ गोल अन्तरले पराजित गर्‍यो ।

प्रतिक्रिया
सम्बन्धित