
काठमाडौं, ५ फागुन । छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीस्थित एउटा पार्कमा नेपाली युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
मृतक युवकको नाम दिपेश थापा भनिए पनि उनको नेपालस्थित ठेगाना खुलाइएको छैन । २४ वर्षीय थापाले चिराग दिल्लीमा मःमः बेच्ने काम गर्दै आएका थिए ।
तर बुधबार अकस्मात उनको शव पार्कको एउटा रुखमा झुण्डिएको अवस्थामा परेको हो ।
उनी मंगलबार साँझसम्म आफ्ना साथीहरुको सम्पर्कमै रहेको बताइएको छ ।















प्रतिक्रिया