८ कार्तिक २०८३, आइतबार

कांग्रेसको महाधिवेशन भदौमा प्रस्ताव, पौडेल समूहद्वारा बखेडा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा गर्न प्रस्ताव भएको छ ।

ललितपुरको सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा १४औँ महाधिवेशन भदौको ७, ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको छ ।

गाउँ र नगरका वडा अधिवेशन असार २० गते गर्न प्रस्ताव गरिएको छ । गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते गरिएको छ ।

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गतेलाई प्रस्ताव गरिएको छ ।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गतेका लागि प्रस्ताव आएको छ ।

प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।

पाँच वर्षमा महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानमा व्यवस्था भए अनुसार ६ महिना म्याद थप गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार दिउँसो तीन बजे पनि बस्नेछ ।

सभापति शेरबहादुर देउवाको तर्फबाट पेस भएको कार्यतालिकामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ । पौडेलले बुधबार सानेपामा आफू निकटा केन्द्रीय सदस्यहरूसँग छलफल समेत गरेका छन् ।

बैठकमा फागुन ५ बाट संविधानत सबै कार्यसमितिको पदावधिको समय ६ महिना थप्ने प्रस्ताव र म्याद सकिएका विदेशस्थित जनसम्पर्कको म्याद थप्ने प्रस्ताव गरिएको छ ।

क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति वडाले फागुन १२ गते पालिकालाई, १६ गते पालिकाले क्षेत्रीय कार्य समितिलाई, २८ गते क्षेत्रीय कार्य समितिले जिल्लालाई, चैत १० गते जिल्लाले केन्द्रीय समितिलाई बुझाउने प्रस्ताव बैठकमा गरिएको छ ।

छानविन समितिले केन्द्रीय निर्वाचन समितिलाई अन्तिम सूची बुझाउनेछ ।

निर्वाचन समितिले असार ५ मा सभापति शेरबहादुर देउवालाई बुझाउने गरी प्रस्ताव पेस भएको छ ।

तोकिएको मितिमा क्रियाशील सदस्यता नटुग्याउने कार्य समितिलाई महाधिवेशनमा सामेल हुन नपाउने वाध्यकारी प्रस्ताव समेत राखिएको छ । कांग्रेसको अर्घाखाँचीले बाहेक कुनै पनि जिल्लाले क्रियाशील सदस्यताको सूची केन्द्रमा बुझाएका छैनन् ।