
काठमाडौं, ४ फागुन । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई ईन्धनको समेत मूल्य वृद्धि गरेको छ ।
मूल्य बढेपछि काठमाण्डौंमा निगमको डिपोक्षेत्रको १५ किमि परिसरभित्र पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ, डिजेल प्रतिलिटर ९७ रुपैयाँ, मट्टितेल प्रतिलिटर ६७ रुपैयाँ कायम गरिएको छ ।
हवाई इन्धनमा भने आन्तरिकतर्फको साबिकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो । यसअघि निगमले पेट्रेलियम पदार्थको मूल्य माघ २८ गते पनि बढाएको थियो ।
हेर्नुहोस् सूचना–
















प्रतिक्रिया