४ कार्तिक २०८३, बुधबार

माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा त्रिनगर कृषिउपज हाटबजारमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । डिजिटल बैंकिङ कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशको धनगढीस्थित त्रिनगर कृषिउपज हाटबजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाषचन्द्र घिमिरेले त्रिनगर कृषिउपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको शुरूवात गरे ।

उक्त क्युआर कोड सेवा शुरू भएसँगै त्रिनगर कृषिउपज हाटबजारमा तरकारी तथा फलफूल किन्नका लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूलको लागत रकम पसल सञ्चालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने छन् ।

कार्यक्रममा माछापुच्छ्रे बैंकका नायव महाप्रबन्धक सर्जुकुमार थापाले माछापुच्छ्रे बैंक देशका हरेक तह र तप्कामा परिस्कृत र परिमार्जित सेवा प्रदान गर्न हरदम तत्पर रहेको बताए ।