
काठमाडौं, ४ फागुन । यसअघि श्रोतामाझ विभिन्न सांगीतिक कोसेली ल्याएकी गायिका सरिता भारतीले आफ्नो नयाँ देउडा भाकाको गीत ‘हे गाजली…’ भिडियोसहित बजारमा ल्याएकी छिन् ।
वसन्त पञ्चमीको अवसर पारेर यो गीतको भिडियो रिलिज गरिएको उनले बताएकी छिन् ।
यो देउडा गीतमा सरिता भारती र हिमालयराज (हेमराज भट्ट)को युगल स्वर रहेको छ । गीतको लय पनि हिमालय राजकै हो । यस अघि थुप्रै देउडा गीत गाएका हिमालय र सरिताले हे गाजलीमा युगल स्वर दिएका छन् ।
यसअघि आफूले हिमालयको देउडा गीत ‘हे बैजु…’को भिडियोमा अभिनय गरेको गायिका सरिताले बताइन् । सो गीतमा हेरेका श्रोताले आफूलाई देउडा गीत गाउन सल्लाह दिएपछि हिमालयराजसँग यो नयाँ देउडा गीत ‘हे गाजली…’ तयार गरेर बजारमा ल्याएको गायिका सरिता भारतीले बताइन् ।
यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटल युट्युव च्यालनबाट सार्वजनिक गरिएको छ । गीतमा राज सागरको संगीत, टेकेन्द्र याक्सोको संगीत संयोजन रहेको छ । भ्वाईस अफ नेपाल स्टुडियोमा दीप घतानीले यो गीतको रेकर्डिङ र मिक्सिङ गरेका हुन् ।
यो गीतमा अभिनेता यसराज गराचसँग र गायिका सरिता भारती स्वयं मुख्य भूमिकामा छिन् । गीत निकै मिठो बनेको र आफूले विगतमा अभिनय गरेको गीतहरु भन्दा केही फरक स्वादको भएकाले हे गाजलीमा अभिनय गरेको अभिनेता यसराजले बताएका छन् ।
यसराज र सरितासँगै यो गीतको भिडियोबाट मोडल तथा मेकअप आर्टिष्ट बिना रानामगर र जोयल्स बस्नेतले कलाकारको रुपमा डेब्यु गरेका छन् ।
लामो समयदेखि गीत लेख्दै आएका डब्बु क्षत्रीले यो गीत लेखेका हुन् । गीतलाई सुदुर पश्चिमको लवाजमा ढालिएको गीतकार क्षत्रीले बताएका छन् । यो गीतको भिडियो निर्देशन पनि क्षत्रीले नै गरेका हुन् । पछिल्लो समय भेकका गीतहरु निकै रुचाईएकाले आफुले यो गीत तयार गरेको पनि जानकारी गराए ।
गीतको भिडियोमा रामशरण उप्रेतीको छायाँकन, भरत रेग्मीको सम्पादन, श्याम बरालको सृँगार रहेको छ ।
















प्रतिक्रिया