४ कार्तिक २०८३, बुधबार

घरबाटै अपहृत आमा र दुई छोराको सकुशल उद्दार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ४ फागुन । घरबाटै अपहरणमा परेको सिरहाका एक आमा र दुई जना छोराको प्रहरी सकुशल उद्धार गरेको छ ।

सिरहा नगरपालिका–७ स्थित आफ्नै घरबाट गत मंसिर २७ गतेदेखि वेपत्ता भएका २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँ दिल्लीबाट शनिबार शकुशल उद्दार गरिएको हो ।

उनीहरू घरबाटै वेपत्ता भएको र भारत बिहारको दरभंगा बस्ने दिपक पासवानसँग रहेको अवस्थामा दिपकका आफन्त भारतीय नागरिक बिहार दरभंगा बस्ने ललन कुमारले फोनमा आमा र बच्चा आफ्नो नियन्त्रणमा रहेको तथा ज्यान चाहिएमा ७ लाख नेपाली रुपैयाँ मेरो खातामा हालिदिनु भन्दै धम्की दिएपछि प्रहरीलाई घटनाको अनुसन्धानमा सहजता मिलेको थियो ।

सोही धम्कीका आधारमा पीडितका आफन्तले फोटोसहितको विवरणसहित प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा निवेदन थिएका थिए ।

निवेदन प्राप्त हुनासाथ पीडितको खोजतलास तथा उद्दारका लागि उक्त शाखाबाट भारतीय प्रहरीसँग आवश्यक समन्वय भएको प्रहरीले बताएको छ ।

इन्टरपोल शाखाको समन्वयपश्चात भारतीय प्रहरीले उनीहरूलाई नयाँ दिल्लीबाट उद्दार गरी आफन्तको जिम्मा लगाएको इन्टरपोल शाखाले जनाएको छ ।