शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अन्तर्राष्ट्रिय म्याराथनमा त्रिभुवन आर्मी क्लवका खेलाडीहरु विजयी

दैनिक नेपाल २०७७ फागुन ४ गते १७:४१

काठमाडौं, ४ फागुन । ‘१५औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७७’ प्रतियोगितामा त्रिभुवन आर्मी क्लवका खेलाडीहरु विजयी भएका छन् ।

भूतपूर्व खेलाडी मञ्‍च, नेपालको आयोजनामा गत शनिबार पोखरामा सञ्चालन भएको उक्त प्रतियोगिता सहभागी त्रिभुवन आर्मी क्लबका एथलेटिक्स खेलाडीहरु राजन रोका (२ घण्टा २९ मिनेट २९ सेकेण्ड), ज्ञान प्रसाद भट्टराई (२ घण्टा ३३ मिनेट ४८ सेकेण्ड) र देवीराज बस्नेत (२ घण्टा ४२ मिनेट ३३ सेकेण्ड) क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भए ।

१९६ जना धावकहरुको सहभागिता रहेको उक्त प्रतियोगिताका विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबाट क्रमशः नगद पुरस्कार २ लाख, १ लाख र ७५ हजार प्रदान गरिएको नेपाली सेनाले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित