४ कार्तिक २०८३, बुधबार

मंगलबार थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ९९ जना डिस्चार्ज, मृतक शून्य

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १०५ जना नयाँ संक्रमित थप भएका छन् ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ९४५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ६९ हजार ३०३ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हिजो सोमबारसम्मको विवरण अनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५८७ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख २३ हजार ९५१ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ हजार ५८७ जना आइसोलेसन र ७४ जना क्वारेन्टिनमा छन् ।