मुम्बई । भारतीय अभिनेता प्रवासले आफ्नो नयाँ फिल्म ‘राधे श्याम’को टिजर सार्वजनिक गरेका छन् ।
आइतबार प्रवासले सामाजिक सञ्जालमार्फत् नयाँ फिल्मको टिजर सार्वजनिक गरेका हुन् । ‘राधे श्याम’को टिजर सार्वजनिक भएसँगै निर्माता टोलीले फिल्म रिलिजको मिति पनि घोषणा गरेका छन् ।
इन्डिया टुडेका अनुसार फिल्म आगामी जुलाई ३० मा रिलिज हुनेछ । यो फिल्म हिन्दी, तमिल लगायत अन्य भाषामा पनि रिलिज हुने बताइएको छ ।
प्रवाससँगै अभिनेत्री पूजा हेजको पनि मुख्य भूमिका रहेको ‘राधे श्याम’ राधा कृष्ण कुमारले निर्देशन गरेका हुन् ।















प्रतिक्रिया