बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग न्यूक्यासल पराजित

दैनिक नेपाल २०७७ फागुन ४ गते ९:४५

लण्डन, ४ फागुन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सीले न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गरेको हो ।

उसका लागि ओलिभर जिरउड र टिमो वेर्नरले एक–एक गोल गरेका हुन् । ३१ औँ मिनेटमा जिरउडले गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाए । ३९ औँ मिनेटमा वेर्नरले गोल गरेका हुन् । जिरउडको गोलका लागि सहयोग गरेका वेर्नरले १४ खेलमा पहिलोपटक गोल गरेका हुन् ।

जितपछि चेल्सी पुनः शीर्ष चारमा आउन सफल भएको छ । उसको २४ खेलबाट ४२ अंक भएको छ । सोमबार राति नै भएको खेलमा शेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गरेको वेष्ट ह्याम समान २४ खेलबाट ४२ अंकसहित पाँचौँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित