४ कार्तिक २०८३, बुधबार

प्रचण्ड–माधव समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा, यस्ता छन् कार्यक्रम

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहले थप संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।

आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको बताइएको छ । प्रतिनिधिसभा विघटन सच्याउन थप आन्दोलन गर्न लागिएको नेता योगेश भट्टराईले बताएका छन् ।

संवैधानिक निकायमा गरिएका नियुक्ति खारेज गर्न पनि आन्दोलन गर्नु परेको समूहले बताएको छ । थप कार्यक्रमअन्तर्गत फागुन ५ गतेदेखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ । साथै फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको छ ।

हेर्नुहोस् कार्यक्रमका थप विवरण–