शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

छैटौं व्यवस्थापन तथा आईटी शिक्षा मेला २०७७ आगामी बिहीबार

दैनिक नेपाल २०७७ फागुन २ गते १३:२७

काठमाडौं, २ फागुन । ‘नेपालको शिक्षा उत्कृष्ट शिक्षा’ भन्ने मूल नाराका साथ आगामी बिहीबार राजधानीमा छैटौं व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ ।

पाठशाला एजुकेशन फाउन्डेशनले फागुन ६ गते बिहीबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटेलमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सीएसआईटी, बीबीए, बीएससी, बीएलटी, बीआईएम, बीएचएम, बीबीआईएस, बीटीटीएम, बीबीएम, बीएचटीटएम, बीएसडब्ल्यू, बीबीएस, बीबीए बीआई, बीई, बीडीएफइन, बीडीइभ्सलगायता शैक्षिक उपाधि प्रदान गर्ने ३८ शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

नेपालमै व्यवस्थापन तथा आईटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तराष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको बताइएको छ । छैटौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११ र १२ मा अध्ययन गर्दैरहेका र कक्षा १२ को परीक्षा सकेर बसेका ५ हजार विद्यार्थीको सहभागिता रहने पाठशालाका कार्यकारी निर्देशक सञ्जय मण्डलले बताए ।

यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमशः पोखरा विश्वविद्यालयका ९ वटा शैक्षिक संस्था, त्रिभुवन विश्वविधालयका ६ वटा, पूर्वाञ्चल विश्वविद्यालयका ३ वटा, काठमाडौं विश्वविद्यालयका २ वटा, मध्यपश्चिम विश्वविद्यालयका ५ वटा, नेपाली विश्वविद्यालयका कलेज, दुई वटा सीए र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहने छ भने १५ वटा विदेशी विश्वविद्यालयको कोर्ष पढाउने संस्थाहरु पनि रहने छन् ।

विदेशी कोर्ष पढाउनेहरुमा यूके, मलेसिया र अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने पाठशालाका कार्यकारी निर्देशक मण्डलको भनाइ छ ।

यस वर्षको पाठशाला एजुकेशन फउण्डेशनद्वारा आयोजित छैटौं नेपाल व्यवस्थापन र आईटी शैक्षिक मेला २०७७ को टाइटल स्पोन्सर नामी कलेज रहेको छ भने स्पोन्सरमा सन वे इन्टरनेशनल विजनेश कलेज, काठमाडौं नेशनल कलेज इन एसोसिएसन विथ तथा मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन ट्रेड सो नेपाल प्रालि रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित