
काठमाडौं, २ फागुन । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।
कायम मुकायम रहेका शाक्यलाई नै सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेपछि उनले आज आइतबार एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् ।
मन्त्रिपरिषद्को माघ २६ गते बसेको बैठकले शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । उनको कार्यकाल ४ वर्षको हुने छ ।
यसअघि करिब ४ वर्ष उनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध निर्देशक रहेर जिम्मेवारी सम्हालेका थिए ।















प्रतिक्रिया