४ कार्तिक २०८३, बुधबार

नेकपा फुटेको होइन, स्वार्थी तत्व चोइटिएको हो : महासचिव पौडेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले नेकपा फुटेको नभई स्वार्थी र जनविरोधी तत्व चोइटिएको बताएका छन् ।

बुटवलमा जारी बृहत् जनसभालाई सम्बोधन गर्दै नेता पौडेलले नेपालमा कम्युनिष्ट पार्टीको एकता नचाहाने, जनताको समृद्धि नचाहाने र आफ्नो स्वार्थमात्रै सोच्ने केही तत्वहरु पार्टीबाट चोइटिएको बताएका हुन् ।

यसअघि भएका ओली पक्षीय आमसभा र आज आयोजित आमसभाको उपस्थितिका आधारमा नेकपा नफुटेको नेता पौडेलको भनाइ थियो । आगामी आमसभामा पनि ओलीको समर्थनमा यसरी नै जनसहभागिता बढ्दै जाने उनले विश्वास व्यक्त गरे ।

‘नेकपा फुटेको छैन, फुट्दैन र कसैले पनि फुटाउन सक्दैन’, पौडेलले भने, ‘केही जंगली मानसिकताका कारण पार्टीभित्र समस्या आएको हो, फुटेको होइन ।’