
बुटवल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलदेखि पाल्पा जोड्ने केबलकार निर्माणको शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री ओलीले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको आज शनिबा बुटवलको बम्घाटमा शिलान्यास गरेका हुन् ।
लुम्बिनी केबलकारको लम्बाई ३ किलोमिटर हुने छ । ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुन लागेको हो ।
नेपाल सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति समेत प्रदान गरिसकेको छ ।
कार्यक्रमलाई सम्बोधन गदैं प्रधानमन्त्री ओलीले एक वर्षभित्र केबलकार निर्माण हुने विश्वास व्यक्त गरे ।















प्रतिक्रिया