काठमाडौं, १ फागुन । भ्यालेन्टाईन–डे (प्रणय दिवस) को विशेष अवसर पारेर गायक आरपी कर्माचार्य र दीपा लामाको आवाजमा रहेको गीत ‘मेरो माया तिमिलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
डीपी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘ुस्माइल’को संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ । नितेश खत्री र स्वस्तिमा कार्कीको अभिनय रहेको म्युजिक भिडियोमा अरोन अशोक कुमारको छांयाकन, प्रदिप बस्नेतको सम्पादन र देबजंग थापाको निर्देशन छ ।
यस्तै निरु कर्माचार्यको लगानी रहेको म्युजिक भिडियो डश म्युजिक नेपालमार्फत सार्वजनिक गरिएको हो ।
हेर्नुहोस् भिडियो–
















प्रतिक्रिया