आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

एनएमबि बैंकको ‘क्यूआर कोड’बाट विर्तामोड कृषि बजारमा कारोबार शुभारम्भ

दैनिक नेपाल २०७७ फागुन १ गते १२:३४

काठमाडौं, १ फागुन । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित विर्तामोड कृषि बजार क्षेत्रमा ‘क्यूआर कोड’ मार्फत नगदरहित भुक्तानी प्रणालीको शुरुवात गरेको छ ।

विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेलको सभापतित्वमा विशेष कार्यक्रमको आयोजना गरी उक्त प्रणालीको शुभारम्भ गरिएको बैंकले बताएको छ । उक्त कार्यक्रमको प्रमुख आतिथ्यता विर्तामोड नगरपालिका–५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङदेलले गरेका थिए ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथिका रुपमा एनएमबि बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरे, उक्त बजार व्यवस्थापन समितिका सदस्यहरुलगायत सुरक्षा निकाय, स्थानीय कृषि व्यवसायीहरुको उल्लेख्य उपस्थिति थियो ।

बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको बताएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोबार प्रवद्र्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यूआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको बताइएको छ ।

कार्यक्रमको औपचारिक शुभारम्भ बैंकका प्रदेश १ प्रमुख घिमिरेले कृषि व्यवसायी अमरबहादुर तामाङको पसलमा विद्युतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेर गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित