४ कार्तिक २०८३, बुधबार

जनयुद्ध दिवस : टोपबहादुरले खोजे प्रचण्डसँग १९ अर्बको हिसाबकिताब

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १ फागुन । नेकपा स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालका अर्बौँ रकमको प्रचण्डसँग हिसाबकिताब गर्ने समय आएको बताएका छन् ।

बुटवलमा पूर्वजनमुक्ति सेना नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जनयुद्धको नाममा आएका ठूलो परिमाणको रकम अपचलन गरेको आरोप लगाएका हुन् । साथै उनले युद्धकालका धेरै विषयको हिसाबकिताब समेत अब हुने दाबी गरेका छन् ।

१९ हजार जनमुक्ति सेनाका लागि ३४ हजारको नाममा ल्याइएको १९ अर्ब रुपैयाँ अपचलन भएको आरोप रायमाझीको छ । यतिबेला वैचारिक र राजनीतिक संघर्षका क्रममा आफूहरु रहेको भए पनि यो प्रश्न पनि सोध्नुपर्ने बेला आएको उनको भनाइ छ ।

आज जनयुद्ध दिवस पनि हो । सोही दिनको अवसर पारेर पूर्वमाओवादीका नेता समेत रहेका मन्त्री रायमाझीले प्रचण्डसँग १९ अर्ब रुपैयाँको हिसाबकिताब खोजेका हुन् ।

प्रचण्डमाथि जनमुक्ति सेनाको नाममा आएको रकम अपचलन गरेको आरोप यसअघि पनि लाग्दै आएको छ । तर, अहिले भने माओवादीको संगठनमा रहेर भोगेका नेताहरुबाटै उक्त विषय बाहिर आउन थालेको हो । यसबाट पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डमाथि गम्भीर प्रश्न उठेको छ ।