२ कार्तिक २०८३, सोमबार

सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहार रोक्न सहज छः मार्सक रासफोर्ड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १ फागुन । सामाजिक सञ्जाल मार्फत हुने दुर्व्यवहार रोक्न सहज रहेको म्यानचेस्टर युनाइटेडका खेलाडी मार्सक रासफोर्डले बताएका छन् ।

रासफोर्डसहितका धेरै खेलाडीमाथि अनलाइन मार्फत रंगभेदी व्यवहार हुँदै आएको छ । पछिल्ला हप्ताहरुमा यस्ता आक्रमणहरु धेरै हुने गरेका छन् । अनलाइनमा केही प्रशिक्षक तथा रेफ्रीमाथि ज्यान मार्ने धम्की समेत आउने गरेका छन् ।

फुटबल अधिकारीहरुले सामाजिक सञ्जाल कम्पनीहरुलाई दुर्व्यवहार रोक्नका लागि गर्न सक्ने सम्पूर्ण प्रयास तत्काल लागु गर्न अपिल गरेका छन् ।

तर रासफोर्डका अनुसार दुर्व्यवहार रोक्न सहज रहेको र त्यसको पहिलो र राम्रो उपाय भने का एकाउन्ट डिएक्टिभेट गर्नु रहेको बताए ।

उनले भने, ‘अनलाईन मार्फत हुने दुर्व्यवहार रोक्न सजिलो छ । हामीले मात्रै एकाउन्ट डिएक्टिभेट गरे पुग्छ ।’

सामाजिक सञ्जाल कुनै पनि एकाउन्टबाट रंगभेदी व्यवहार भएको देखेका तत्कालै त्यस्ता एकाउन्ट डिलिट गरिनु पर्ने पनि उनले बताएका छन् ।