२ कार्तिक २०८३, सोमबार

पाकिस्तानमा शक्तिशाली भूकम्प

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाकिस्तान, १ फागुन । ६.४ म्याग्निम्युडको भूकम्पका कारण पाकिस्तानको राजधानीसहितका विभिन्न शहरमा जनजीवन केही समय प्रभावित भएको छ।

शुक्रबार राति गएको भूकम्पको धक्का पाकिस्तानको राजधानी इस्लामावाद तथा भारतका केही क्षेत्रमा समेत महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

पाकिस्तानको राजधानी इस्लामावादसहित देशको उत्तरी क्षेत्रका ठूलो धक्का महसुस भएको डनले जनाएको छ ।

पाकिस्तानको पञ्जाव तथा खैबर पख्तुन्ख्वासहितका प्रान्तमा भूकम्पको धक्का थाहा भएको हो । राति १० बजेपछि भूकम्प गएको हो ।

भूकम्प ताजकिस्तान केन्द्रविन्दु भएर गए पनि पाकिस्तानको उत्तरी क्षेत्रमा बढि धक्का महसुस भएको हो । ताजकिस्तान तथा पाकिस्तानमा भूकम्पका कारण मानवीय क्षति भएको खबर छैन ।