
काठमाडौं, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुपष्कमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा संविधान र गणतन्त्र गुम्ने खतरा बढेको टिप्पणी गरेका छन् ।
७ दशक लामो संघर्ष र सहिदको बलिदानले निर्माण भएको संविधान लगायतका उपलब्धी नेताहरुका व्यक्तिगत स्वार्थका कै कारण गुम्ने खतरा बढेको उनले बताएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता दाहालले यस्तो अवस्थाको सृजना भने प्रधानमन्त्री ओलीबाट भएको दाबी समेत गरेका छन् ।















प्रतिक्रिया