४ कार्तिक २०८३, बुधबार

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

कञ्चनपुर, १ फागुन । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका–११ अमरवस्तीमा मोटरसाइकलले ठक्कर दिदा धनगढी उपमहानगरपालिका–१९ की ७० वर्षीया झ्यारी भण्डारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले भण्डारीलाई धनगढीकै वडा १ का १८ वर्षीय युवक रिहान कुरेसीले चलाएको म २ प ६४८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।

मृतक भण्डारीको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ भने कुरेसीलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।