३ कार्तिक २०८३, मंगलबार

सिडी विजय र प्रविशाको भ्यालेन्टाइन विशेष ‘दुरी मजबुरी’ गीत सार्वजनिक (भिडियोसहित)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० माघ । गायक सिडी बिजय अधिकारी र गायिका प्रविशा अधिकारीको भ्यालेन्टाइन विशेष ‘दुरी मजबुरी’ बोलको गीत सार्वजनिक भएको छ ।

एनेक्समक्स म्युजिक नामक म्युजिक प्रोडक्सन टिमद्धरा सिर्जित विश्वभरीनै चर्चित ट्युनमा म्युजिक भिडियो ‘दुरी मजबुरी’ रिलिज भएको हो ।

टिकटक, भ्ल्ग, युट्युब लगायत थुप्रै स्थानमा पहिलेनै निक्कै चर्चा कमाइसकेको ट्युनमा गायक सिडी बिजय अधिकारीले शब्द तथा संगीत सिर्जना गरेर गायिका प्रबिशा अधिकारीसंग गाएका छ्न् ।

‘दुरी मजबुरी’ गीत इनाक्षी इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट सार्वजनिक भएको छ । भ्यालेन्टाइन विशेष बनेको यो गीत मर्मस्पर्सी बनेको छ ।

उत्तम श्रेष्ठ ‘शिशिर’ले निर्देशन गरेको भ्यालेन्टाइन विशेष ‘दुरी मजबुरी’ बोलको गीतको म्युजिक भिडियो पनि दमदार बनेको छ । अहिलेका चर्चित मोडल सुधिर श्रेष्ठ नव मोडल अशु न्यौपानेको साथमा चर्चित अभिनेता सरोज खनाल, रश्मि भट्टसंगै निर्देशक उत्तम श्रेष्ठ ‘शिशिर’को पनि दमदार अभिनय देख्न सकिन्छ । सस्पेन्स सहित अन्त्य भएको म्युजिक भिडियोको फिमेल भर्सन सहित म्युजिक भिडियो चाडै आउने गीतका टिमले बताएका छन् ।

निर्देशक उत्तम श्रेष्ठ ‘शिशिर’ले निकै समय र मेहेनत लगाएर बनाएको यस म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् । गीतमा कोरियोग्राफी सन्तोष राजबहाकको रहेको छ । अमृत चापागाईले सम्पादन गरेको भिडियोलाई जनता डिजिटल फिल्मस्ले पोस्ट प्रोडक्सन हेरेका छन् ।

भिडियाे: