
काठमाडौं, ३० माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२७ जना नयाँ संक्रमित थप भएका छन् ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ५५७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३६ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ६८ हजार ७९६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७०७ छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ११ हजार ६४९ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ हजार ७०७ जना आइसोलेसन र ७९ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया