विश्वका सबैजसो ठाउँमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म १० करोड ८३ लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै सङ्क्रमितमध्ये २३ लाख ७९ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । यो कुल सङ्क्रमितमध्ये दुई प्रतिशतभन्दा केही बढी हो । ज्यान गुमाउनेमध्ये धेरैजसो पाको उमेर, दीर्घ रोगी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु रहेका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
अहिले विश्वमा दुई करोड ५४ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित छन् भने तीमध्ये भण्डै एक लाख जना गम्भीर बिरामी रहेका वर्ल्डोमिटरले जनाएको छ ।
विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसविरुद्ध खोप तयार भएर अहिले विश्वका धेरै देशमा खोप अभियान चलिरहेको छ । लामो लकडाउन तथा प्रतिबन्धहरू झेल्न बाध्य बनाएको कोरोना महामारीको प्रभाव अहिले सामान्य बन्दै गएको छ । एजेन्सी
प्रतिक्रिया