४ कार्तिक २०८३, बुधबार

सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घट्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० माघ । साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ६०० रुपैयाँले कमी आएको छ ।

६०० रुपैयाँले कमी आएसँगै आज ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो बिहीबार सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य हिजोको भन्दा ६०० रुपैयाँले कम हो ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । हिजो तोलामा १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ३२० रुपैयाँ पुगेको हो ।