३ कार्तिक २०८३, मंगलबार

‘कृष्ण–लीला’ को गीतमा रोमान्टिक पुष्प र श्रद्धा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, ३० माघ । आगामी चैत २७ गते रिलिज हुने बहुप्रतिक्षित चलचित्र ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि..’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनिक भएको छ ।

अभिनेता पुष्प खड्का र नवअभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड गीतमा उनीहरु निकै प्रेमील भावमा प्रस्तुत भएका छन् । सुगम पोखरेल र अञ्जु पन्तको स्वरमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् ।

दीपक ओली निर्देशीत चलचित्रको सो गीत पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा खिचिएको हो । नयाँ वर्ष ०७८ को अबसर पारेर प्रदर्शन गर्न लागिएको चलचित्रको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लभस्टोरी जनराको चलचित्रको लेखन लक्ष्मण सुवेदी, छायांकन शिब ढकाल र बाबु श्रेष्ठ, द्धन्द्ध श्री श्रेष्ठको छ ।

प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको चलचित्रको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् । चलचित्रमा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुराँगाई, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायत कलाकारको अभिनय छ ।

अर्जुन जिसीको सम्पादन रहेको चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्दै छ ।

हेर्नुस् गीतको भिडियो–

https://youtu.be/0b5O2RtfXik