मुम्बई । बलिउड नायिका ज्याक्लिन फर्नान्डिजले प्रियंका चोपडाको घर किनेकी छिन् । ज्याक्लिनले मुम्बईस्थित प्रियंकाको घर भारू ७ करोडमा किनेकी हुन् ।
ज्याक्लिन लामो समयदेखि मुम्बईस्थित बान्द्राको अपार्टमेन्टमा डेरा गरेर बसेकी थिइन् । उनी दुई वर्ष अघिदेखि नै घरको खोजीमा थिइन् । उनले भने जस्तै घर पाएकी थिइनन् । यसपालि भने ज्याक्लिनले प्रियंकाको घर किनेकी छिन् ।
जुन घर ज्यक्लिनले अहिले किनेकी छन्, त्यो घरमा सन् २०१८ मा प्रियंका र निक जोनसको विवाह भएको थियो । प्रियंकाको परिवार अमेरिकामा बस्ने भएकाले घर खाली थियो ।
ज्याक्लिन यतिबेला फिल्म ‘सर्कस’को सुटिङमा व्यस्त छिन् । रोहित सेट्टीको निर्देशनमा बन्ने फिल्ममा उनीसँगै रणवीर सिंह, जोनी लिभर, वरुण शर्मालयात कलाकारको अभिनय छ ।
ज्याक्लिनले हालै अभिनेता सैफ अलि खान, यमी गौतम र अर्जुन कपूरको सहकार्यमा फिल्म ‘भूतपुलिस’को छायाँकन सकेकी छिन् । ज्याक्लिनले ‘बच्चन पाण्डे’ र ‘किक–२’ मा पनि अभिनय गरेकी छिन् । एजेन्सी















प्रतिक्रिया