काठमाडौं, ३० माघ । मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
नेपालमा पश्चिमी बायुको प्रभाव रहेको र सुदूरपश्चिम प्रदेश तथा अन्य केही पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।











प्रतिक्रिया