
काठमाडौं, २९ माघ । सरकारको प्रतिबन्धमा रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले संयुक्त मोर्चाबन्दीको घोषणा गरेका छन् ।
आज बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर उनीहरुले संयुक्त रूपमा संघर्षका कार्यक्रमसहित मोर्चा घोषणा गरेका हुन् । उनीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिअनुसार दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य गरी जनगणतन्त्र तथा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न आफूहरुले सहकार्यको शुरुवात गरेको बताइएको छ ।
उनीहरुले रणनीतिक संयुक्त मोर्चाको अवधारणा र संरचनासम्बन्धी दस्ताबेज पारित गर्दै १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चाको केन्द्रीय समिति समेत गठन गरेका छन् ।
समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जनाको नाम सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति र संघर्षका कार्यक्रमहरू–
















प्रतिक्रिया