
काठमाडौं, २९ माघ । सरकारले सरकारले पीसीआर परीक्षणको शुल्क घटाएर १ हजार रुपैयाँमा झारेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा गरिने कोभिड–१९ को नमूना परीक्षणका लागि १ हजार रुपैयाँ निर्धारण गरेको हो ।
आज बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले सो जानकारी दिएको हो । मन्त्रालयलको माघ २८ गते आईसीएसका पदाधिकारीसहितको कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी बैठकले सो निर्णय गरेको बताइएको छ ।
यसअघि मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा गरिने कोभिड–१९ को पीसीआर परीक्षण शुल्क २ हजार रुपैयाँ तोकेको थियो ।
हेर्नुहोस् सरकारी सूचना–
















प्रतिक्रिया