
अछाम, २९ माघ । माछा मार्ने क्रममा करेन्ट लाग्दा यहाँको मेल्लेख गाउँपालिका–३ दर्वाका एक युवाको मृत्यु भएको छ ।
दर्वास्थित काशीगाड खोलामा माछा मार्ने क्रममा विजुलीको तारबाट करेन्ट लागेर २५ वर्षीय खेम बुढाको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले बताएको छ ।
खोलामा सोही ठाउँ बस्ने धिरेन्द्र साहले माछा मार्नको लागि बिछ्याएको विजुलीको तारबाट करेन्ट लागि गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी बगुडामा उपचारको क्रममा मृत्यु भएको हो ।
धिरेन्द्र साहलाई प्रहरीले पक्राउ गरी घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया