४ कार्तिक २०८३, बुधबार

मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, २९ माघ । मोटरसाइकल चोरी धन्दामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धरान उपमहानगरपालिका–१८ स्थित घोपा अस्पतालको कम्पाउण्डभित्र पार्किङ गरी राखेको को. ३५ प १२८९ नम्बरको मोटरसाइकल चोरी गर्ने २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुनसरी रामधुनी नगरपालिका–१ का १९ वर्षीय आकाश चौधरी र १९ वर्षीय अनिमेश चौधरी छन् ।

अस्थाई प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरीले उनीहरूलाई मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा मोटरसाइकलसहित नै पक्राउ गरेको बताएको छ ।