३ कार्तिक २०८३, मंगलबार

‘पठान’मा शाहरुख, सलमान, जोन, दीपिका, ऋषिक खेल्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड निर्देशक सिद्धार्थ आनन्दको नयाँ फिल्म ‘पठान’मा अभिनेता सलमान खानले पनि अभिनय गर्ने भएका छन् । फिल्ममा अभिनेता शाहरुख खान, जोन अब्राहम र अभिनेत्री दीपिका पादुकोणले अभिनय गर्ने पक्का भइसकेको छ ।

फिल्ममा सलमान खान पनि देखिने भएका हुन् । सलमानले हालै मात्र महेश मंज्रेकर निर्देशित फिल्म ‘अन्तिम– द फाइनल ट्रुथ’को छायाँकन सकेका छन् । योसँगै उनले अब फिल्म ‘पठान’को छायांकनका लागि समय छुट्याएका छन् । ‘पठान’को छायांकन सके लगत्तै उनी यश राज फिल्मको ‘टाइगर ३’को छायाँकनमा जानेछन् ।

फिल्मको केही भाग युएईमा छायाँकन हुँदैछ । सलमान खानसँगको एक्सन सिन दुबईमा छायांकन हुँदैछ । त्यो फिल्ममा उनीसँगै शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम देखिनेछन् । फिल्ममा उनको भूमिका विशेष ढंगमा देखाइनेछ । बलिउडका सुपरस्टारहरू युएईमा एकै पटक देखिँदैछन् । यो निकै रमाइलो हुनेवाला छ ।

बुर्ज खलिफामा छायाँकन हुने मिति तय भएको छैन । यही फेब्रुअरी १५ तिर छायाँकन हुने अनुमान लगाइएको छ । टोलीले युएईमा झण्डै ५० दिनको छायाँकन तालिका बनाइएको छ ।

फिल्ममा शाहरुख र दीपिका विशेष एजेन्टको भूमिकामा देखिँदैछन् । फिल्ममा लागि अभिनेता ऋतिक रोशनसँग पनि सम्पर्क भइरहेको छ । फिल्ममा ऋतिकको भूमिका अहिलेसम्म टुङ्गो भने लागेको छैन । ‘पठान’ सन् २०२१ मै सार्वजनिक हुने भनिएको छ ।