
काठमाडौं, २९ माघ । नेकपा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीको अपराध महाशाखाको टोली शंखमुलस्थित उनको घर पुगेको छ ।
केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिमा सोधपुछ गर्न प्रहरीले झाँक्रीलाई बोलाएको थियो । आफैं उपस्थित नभएपछि महाशाखाको चार जनाको टोली झाँक्रीलाई लिन उनको घर पुगेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनलाई पक्राउ गर्न चौतर्फी दबाब सृजना भइरहेको छ ।
यद्यपि उनले हिजो बुधबार राजधानीमा आयोजना भएको आमसभामा त्यसबारे प्रष्टीकरण दिँदै थप आलोचना गरेकी थिइन् ।
उनले राष्ट्रपति संस्थाका साथै आम महिलाको अस्मितामाथि समेत गम्भीर प्रश्न उठ्ने गरी अभिव्यक्ति दिएको भन्दै व्यापक आलोचना हुँदै आएको छ ।
आफूहरुले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ भन्दै राष्ट्रपति पद वा संस्थाको कुनै लिंग नहुने भएकाले महिला अस्मिताको प्रश्नै नउठ्ने दाबी समेत गरेकी छिन् ।















प्रतिक्रिया