काठमाडौं, २८ माघ । मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
काठामाडौं र आसपासका क्षेत्रमा भने पानी पर्ने सम्भावना छैन । उच्च पहाडी तथा हिमाली जिल्लामा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले नेपालमा पश्चिमी वायुको प्रभाव छ । सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश १ र वागमती प्रदेशका पहाडी क्षेत्रको मौसम आँशिकदेखि समान्य बदली भएको छ ।











प्रतिक्रिया