बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

भ्यालेन्टाइन्स अफरः सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक

दैनिक नेपाल २०७७ माघ २७ गते २०:५७

काठमाडौँ, २७ माघ । पछिल्लो समय युवा पुस्ताहरू माझ लोकप्रिय रहेको फेब्रुअरी १४ तारिखका दिन मनाइने भ्यालेन्टाइन्स डेको अवसरमा एनआईसी एशिया बैंकले गतिशील बैंकिङ्गको निरन्तरता स्वरूप आफ्ना ग्राहक महानुभावहरूको लागि ‘सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक’ भन्ने योजना सार्वजनिक गरेको छ ।

यस योजना अनुसार बैंकले ग्राहक महानुभावहरूलाई लक्षित गरी मोबाइल बैंकिङ्ग, डेबिट वा क्रेडिट कार्ड, क्यूआर भुक्तानी तथा आइपीजी गेटवे च्यानलहरूमार्फत डिजिटल कारोबार गर्न उत्प्रेरित गर्ने हेतुले डिजिटल च्यानलमार्फत कारोबार गर्नुहुने २० जना भाग्यशाली ग्राहक महानुभावहरूलाई नेपालको उत्कृष्ट तारे होटलमा भ्यालेन्टाइन्सको दिन डिनर गर्ने आकर्षक अवसर प्रदान गर्नेछ ।

बैंकले माघ २८ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने यस योजनालाई मोबाइल बैंकिङ्ग सेवामार्फत क्यूआर कोड स्क्यान गरी कारोबार गर्नुहुने, विभिन्न घरायसी बिलहरूको भुक्तानी डिजिटल च्यानलमार्फत गर्नुहुने, डेबिट वा क्रेडिट कार्डमार्फत पीओएसद्वारा भुक्तानी गर्नुहुने र ई–कमर्शमार्फत कारोबार गर्नुहुने गरी ४ वटा च्यानलबाट प्रति च्यानल ५ जना गरी कुल २० जना भाग्यशाली ग्राहक महानुभावहरूलाई गोला प्रथामार्फत छनौट डिनरको लागि समावेश गरिनेछ ।

योजना अवधि भर रू. ५०० भन्दा बढीको कारोबार गर्ने ग्राहक महानुभावहरूलाई मात्र गोला प्रथामा सामेल गरिनेछ भने सो रकम भन्दा बढी कारोबार गर्नुहुने ग्राहक महानुभावहरूको विजेता बन्ने उच्च सम्भावना रहनेछ ।

काठमाडौँ बाहिर देशको जुनसुकै ठाउँबाट यस योजनामा समावेश भई विजेता छनौट भएका ग्राहक महानुभावहरूको लागि उनीहरूलाई पायक पर्ने नजिकको तारे वा सो सरहको होटलमा आकर्षक डिनरको व्यवस्था गरिनेछ ।

उल्लेखित ४ च्यानलमार्फत सबैभन्दा बढी कारोबार गर्ने १/१ जनालाई बैंकले थप आकर्षक उपहारको व्यवस्था मिलाएको छ । त्यसैगरी नयाँ ग्राहक महानुभावहरूलाई लक्षित गरी योजना अवधिभर डिजिटल च्यानलबाट पहिलो कारोबार गर्नुहुने मध्येबाट प्रथम १०० जनालाई बैंकले रू. १०० को मोबाइल टपअप प्रदान गर्ने योजना ल्याएको छ ।

यस योजनामा वालेट लोड, अन्य बैंक वा यसै बैंकको अन्य खातामा रकम स्थानान्तरणलाई भने योजनामा समावेश गरिएको छैन । यस योजनाबाट ग्राहक महानुभावहरूलाई भौतिक कारोबारबाट डिजिटल कारोबारतर्फ आकर्षित गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

यो बैंक मुलुकभर रहेका ३३९ शाखा कार्यालयहरू, ४७१ एटिएम, ८८ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित