बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

बैंक अफ काठमाण्डूको इन्टरनेट बैंकिङ सेवा ‘बीओके क्लिक’ स्तरोन्नति

दैनिक नेपाल २०७७ माघ २७ गते १३:३२

काठमाडौं, २७ माघ । बैंक अफ काठमाण्डूले आफ्नो इन्टरनेट बैंकिङ सेवा ‘बीओके क्लिक’ लाई परिमार्जन गर्दै स्तरोन्नति गरेको छ ।

स्तरोन्नतिपछि उक्त सेवामा विभिन्न आकर्षक सेवा तथा सुविधाहरु थप भएको बैंकले जनाएको छ । योसँगै बैंकका इन्टरनेट बैंकिङ सेवा प्रयोगकर्ताले अब खाताको जानकारी, बहु खाताहरु लिंक र नियन्त्रण, अन्तर बैंक रकमान्तर, आईपीएस सुविधा, संस्थाको कर्मचारीको तलब व्यवस्थापन तथा तलब रकमान्तरणलगायत सेवा प्रयोग गर्न पाउने भएका छन् ।

यो सुबिधाबाट ग्राहकले बैंकिङ्ग कारोबारका लागि बैंक आइरहनुपर्ने समस्यालाई निवारण गर्नाका साथै समयसापेक्ष बैंकिङ्ग सेवाको अनुभव गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टी–लेयर अथेन्टीकेशनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरिएको बैंकले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित