
काठमाडौँ, २६ माघ । हालै रिलन्च भएको स्मार्टडोको अनलाइन सपिंग पोर्टलले भ्यालेन्टाइन्सको अवसरमा डोको भरी माया नामक अफर लिएर आफ्ना ग्राहकहरुलाई रोमान्चकारी विशेष उपहार आफ्ना प्रियजनहरुलाई विशेष दिनमा दिनसक्ने व्यवस्था मिलाएको छ ।
यसका अतिरिक्त, यस अवधिमा स्मार्टडोको अनलाइनबाट खरिद गर्ने ग्राहकहरुलाई रोमान्टिक रात्रीकालीन बास, खाना र स्पा समेतको व्यवस्था दश जना भाग्यशाली जोडीहरुलाई उपलब्ध गराउने छन् । यी स्थानहरुमा ताेकिएका सुविधा रहेका छन् ।
१. भाग्यशाली एक जोडीलाई भिल्ला ७२, उत्तर ढोकामा लन्च वा डिनर
२. भाग्यशाली दुई जोडीलाई भोजघर गैरीधारामा, क्याण्डल लाइट डिनर
३. भाग्यशाली दुई जोडीलाई होटल चौतारी पोखरामा दुइ रात तीन दिनको प्याकेज
४. भाग्यशाली तीन जोडीलाई होटल विराजमानको भुसे चुलोमा लन्च वा डिनर
५. भाग्यशाली दुई जोडीलाई किन्जला स्पा, झम्सी खेलमा वेल्नेस स्पा
त्यसैगरी स्मार्ट डोकोले एक हजार रुपैयाँ भन्दा बढीको सामान खरिद गर्ने शुरुका ५० जना ग्राहकहरुलाई निःशुल्क भ्यालेन्टाइन्स् मास्क उपलब्ध गराइने छ । साथै रु १ को खेलबाट गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्न सकिनेछ ।
यो सुविधा १४ फेवु्रअरी सम्मलाई मात्र लागू रहने कम्पनीले जनाएको छ ।















प्रतिक्रिया