
काठमाडौं, २६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १३० जना नयाँ संक्रमित थप भएका छन् ।
वितेको २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ३३३ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ५५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ६८ हजार २६६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४५ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७४४ छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाख ९६ हजार ७५० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ हजार ७४४ जना आइसोलेसन र ९२ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया