८ कार्तिक २०८३, आइतबार

सिटिजन्स बैंक र कर्मभूमि समाजबीच सहुलियतपूर्ण कर्जा तथा लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कर्मभूमि समाजबीच सहुलियतपूर्ण कर्जा तथा लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ ।

सिटिजन्स बैंक लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैँ अग्रसर रहेको छ ।

दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानून र नियमनको पालना गर्न यस बैंकले सदैव मद्दत गर्दै आएका छ ।

नेपालीे जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उदेश्यका साथ बैंकले यो सम्झौता गरेको हो । मिहिनेत गर्न सक्ने उमेर, जोश, जागर, आर्जित सिप, प्रविधिलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहल कदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ ।

कर्मभूमि समाजले व्यवसायिक ज्ञानको कमि, नेपाली बजारको यथार्थ जानकारी नहुने, नीति, नियम र प्रणालीसँग परिचित नहुने, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यवसायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्थापन हुने, वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लघु, साना तथा मझौला उद्यमीहरुले भोग्नु परेको समस्याहरुलाई समाधान गर्न सहजकर्ताको भुमिका निर्वाह गर्नेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

कृषि, घरेलु तथा साना उद्यमलगायतका व्यवसाय सञ्चालनमा कर्जा प्रवाह बढाउँदै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित महिला उद्यमशीलता कर्जा, व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जालगायतका सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई सफल बनाउन यस बैंकले विभिन्न योजना संचालनमा ल्याएको छ ।

राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुको सजिलो तथा उत्साहपूर्ण ढंगले प्रवाह गर्न बैंकले देशै भरी छरिएका शाखाहरुबाट विभिन्न शिर्षकमा हालसम्म करिब १५०० जनालाई करिव १ अर्व ५० करोड सहुलियत कर्जा प्रवाह गरिसकेको छ ।

साथै नेपाल राष्ट्र बैंकको नीतिअनुरुप बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध सहुलियतपूर्ण कर्जा उपभोग गरी आफ्नो व्यवसाय विस्तार गर्नको लागि बैंकका प्रमुख कार्यकारी अधिकृतबाट अनुरोध गरिएको छ ।